कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पाल्पा जिल्लाका प्रमुख सधैं बिदामा, अनलाइन सिस्टमले काम गरेन



पाल्पा  जिल्लाका  प्रमुख सधैं बिदामा, अनलाइन सिस्टमले काम गरेन

पाल्पा । बगनासकाली गाउँपालिका–१ पिप्लेकाका ७२ वर्षीय चुरामणी पाण्डे मालपोत कार्यालयमा १० पटक पुगिसेके। कात्तिक ५ देखि धाउन थालेका उनको अझै काम भएको छैन। तानसेन नगरपालिका–१२ लुहुङमा बस्ने छोरी सीता गैरेको नाममा रहेको जग्गा उनले आफ्नो नाममा नामसारी गर्न आएका हुन्। छिमेकी दुईजना साक्षी पनि लिएर आएका छन्। त्यसपछि उनको खर्च पनि थपियो। तर, मंगलबार पनि काम बनेन।  
 
रैनादेअवी छहरा गाउँपालिका–३ भुवनपोखरी, छचुवाका रामबहादुर कुमाल जग्गा पास गर्न सोमबार बिहान मालपोत कार्यालय आए। तानसेनको एक होटलमा बास बसेका उनको पनि मंगलबार काम भएन। ‘जग्गा पास गर्न साक्षीका लागि छिमेकी पाँचजना लिएर आएको छु। आउने जाने गाडी भाडा, होटलमा खाने बस्ने सबै खर्च ब्यहोर्नुपर्छ,’ उनले भने, ‘हिजो एकछिनमा कम्प्युटरको नेट चल्छ भनेका थिए। दुई दिनसम्म पनि काम भएको छैन। गाउँको जग्गा पास गर्ने हो। जग्गा खरिद गर्नुभन्दा पनि पास गर्न धेरै खर्च लाग्नेजस्तो छ।’

जिल्ला मालपोत कार्यालय पाल्पामा गत भदौ २९ देखि अनलाइन सिस्टमबाट काम गर्न थालिएको थियो। तर, सिस्टमले राम्रोसँग काम नगरेपछि सेवाग्राही मर्कामा परेका छन्। सुरुसुरुमा कर्मचारीले अनलाइनको सिस्टम नै चलाउन जानेनन्। जसले गर्दा टाढा टाढाबाट आएका सेवाग्राही काम नभएपछि फर्किन बाध्य भए। तर, कात्तिक पहिलो सातादेखि भने अनलाइन सिस्टमले राम्रोसँग काम नगरेको सहायक कम्प्युटर अपरेटर राजीव न्यौपाने बताउँछन्। उनका अनुसार सोमबार र मंगलबार दुई दिनसम्म ५० जनाभन्दा बढी सेवाग्राहीको फाइल अड्किएको छ। 

भूमि व्यवस्था तथा अभिलेख विभागको केन्द्रीय कार्यालयले यो सिस्टम जडान गरेको हो। माथिबाट आएको निर्देशन बमोजिम आफुहरुले अनलाइन सिस्टमबाट काम थालेको मालपोत कार्यालय पाल्पाका निमित्त प्रमुख रमेश न्यौपानेले बताए। उनका अनुसार सुबिसु कम्पनीको इन्टरनेटमार्फत यो अनलाइन सिस्टम सञ्चालनमा छ। तर, राम्रोसँग काम गर्दैन।  

‘पटक पटक सिस्टममा समस्या आइरहन्छ,’ उनले भने, ‘हाम्रो कार्यालयबाट सुबिसुको कार्यालयमा खबर गर्दा समेत सुनुवाई भएन। अबको एक घण्टामा आउछ भन्ने आश्वासन सुबिसु कम्पनीको कर्मचारीबाट पाउँछौ तर आउँदैन। अहिले विभागमा अनुरोध गरेका छौं।’ 

जडान गरेदेखि राम्रो काम नगरेको सुबिसुको विकल्प खोज्न समेत माथि आग्रह गरेको निमित्त प्रमुख न्यौपानेले बताए। ‘विभागले जे भन्छ हामीले त्यही गर्ने हो,’ उनले थपे, ‘हातले गर्ने सबै काम गरिन्छ। अनलाइनको काम नहुँदा कार्यालय समय कुर्सीमा बसेर वित्ने गरेको छ।’ हाकिम प्रायः बिदामा मालपोत कार्यालय पाल्पाका प्रमुख मदनबहादुर जिसी मंगलबार पनि कार्यालयममा थिएनन्। उनले हाजिरी खातामा घरबिदा लेखेका छन्। कार्यालय आएका छैन।  आफु जग्गा नामसारी गर्न आउँदाको कुनै पनि दिन यो कार्यालयमा हाकिम नभेटको पिप्लेका चुरामणि पाण्डेले भने। 

अन्य कर्मचारीले नेटले काम गरेको छैन भोलि आउनुस् भनेर पठाउने गरेको उनको गुनासो छ। मंगलबार कार्यालयमा प्रमुख नभएको र आफुहरुको काम पनि नभएको भन्दै यहाँ आएका सेवाग्राहीले कार्यालय घेरेका थिए। उनीहरुले तालाबन्दी गर्ने तयारी समेत गरेका थिए। दुई महिना पुग्दा समेत समस्या समाधान नगरेर प्रमुख जिसीले लापरवाही गरेको सेवाग्राहीको आरोप छ। कार्यालयको मूलढोका घेरेका उनीहरुलाई तालाबन्दी गर्न भने प्रहरीले रोक्यो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाको नेतृत्वमा गएको टोलीले आवेशमा नआउन आग्रह गरेपछि उनीहरुले तालबन्दी नगरेका हुन्। 

साथै, मालपोतका निमित्त प्रमुख रमेश न्यौपानेले समेत सेवाग्राहीलाई समस्याबारे जानकारी दिँदै आन्दोलन नगर्न आग्रह गरेका थिए। 




स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६