कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
खण्डन समाचार प्रकाशन संबन्धमा



खण्डन समाचार प्रकाशन संबन्धमा

काठमाडाैँ । मिति २०७६ साल भदौ ९ गते सारा खबर डट कममा प्रकाशित  "ठगीका नाइकेहरुले हामी श्रीमान् श्रीमतीलाई यसरी फसाए" भन्ने शीर्षकको समाचार सामाग्री एक पक्षिय भयो भनी बिन्दा गिरी लगायतले प्रेस काउन्सिल नेपालमा दिएको उजुरी  पश्चात् भएको छलफलबाट केही कमिकमजोरी देखिएको हुँदा त्यसको खण्डन समाचार प्रकाशन गरिएको छ । 

भिडियाेमा बाेलेकाे आधारमा र सम्मानित अदालतमा विचाराधिन अवस्थामा रहेका मुद्दाका कागज पत्रलाई पत्रकार आचारसंहिता अनुसार प्रमाणकाे रूपमा स्वीकार नगरिएकाे हुँदा प्रेस काउन्सिल नेपालकाे निर्देशनमा साे समाचार हटाएर याे खण्डन समाचार प्रकाशित गरिएकाे जानकारी गराउँदछाैं । 


समाचार सामाग्रीमा सन्तुलन कायम गर्न दुवै पक्षकाे प्रतिक्रिया लिने प्रयास गर्दागर्दै सम्बन्धित उजुरीकर्तासँग सम्पर्क हुन नसकेपछि साे सामाग्री प्रकाशित हुन गएको थियाे । त्यसकाे लगत्तै उजुरीकर्ताहरूकाे अनुराेधमा २०७६-५-११ मा पठाइएकाे खण्डन समाचार पनि प्रकाशित भएकाे थियाे ।  तर उक्त खण्डन समाचारप्रति चित्त नबुझेर संबन्धित पक्षले प्रेस काउन्सिल नेपालमा पुनः उजुरी दिएर प्रेस काउन्सिल नेपालको रहोवरमा दुई पक्ष ( सारा खबरका प्रतिनिधि र उजुरीकर्ताहरु) को सहमति अनुरूप याे खण्डन जस्ताकाे तस्तै प्रकाशन गरिएकाे हाे।  


आउँदा दिनहरूमा यस प्रकारका कमिकमजाेरीहरू नदाेहाेर्याउने प्रतिवद्धताका साथ उक्त समाचारका सामाग्रीले संबन्धित पक्षमा पर्न गएकाे असर प्रति क्षमा चाहन्छाैं । 

 उजुरीकर्ताहरू बिन्दा गीरी,बबिता भट्ट र अञ्जु खड्काले पठाएकाे खण्डन (प्रतिक्रिया) जस्ताकाे तस्तैः                                                                                                                          

१. समाचारमा उल्लेख भए अनुसार नेपालटक अनलाईनबाट समाचार सामग्री बाहिरिएको भन्ने विषय जुन छ त्यस हरफमा जे कुरा उल्लेख भएको छ सो कुरा सहि र सत्य हो । हामी पिडित मध्येका बिन्दा गिरिको ६० लाख, बबिता भट्टको ५४ लाख, अन्जु खड्काको २० लाख रुपयाँ बालकृष्ण घर्तिमगर र सम्पुर्ण घर्ति मगरले विश्वासको भरमा कुनै कागज नगरी लिएको र हालसम्म पनि फिर्ता नगरेको र पैशा माग्दा उल्टै आपत्ती जनक शब्दहरु बोली मुख छाड्ने गरेको र उल्टै हामी माथी मुद्दा हालेको र हामीले मुद्दम पनि जिति सकेका छौ ।

२. बालकृष्ण घर्तिमगर र सम्पुर्ण घर्ति मगर श्रीमान् श्रीमती हुन् भनेर समाचारमा उल्लेख भएको देखीएको तर उनीहरु पैशा लिदा श्रीमान श्रीमती बनेर मानिसहरुलाई झुक्याउँछन् तर केस पर्दा हामी श्रीमान् श्रीमती हैनौँ भन्छन् ।

३. समाचारमा को हुन् बिन्दा गिरी? उपशीर्षकमा बसुन्धरा चोकमा मकै पोलेर जीविका चलाउँदै आएकी एक महिला कसरी ६० लाख रुपयाँ हामीलाई दिए होलान्? भनेर उल्लेख भएको छ । जहाँसम्म म बिन्दा गिरीले बालकृष्ण घर्तीमगर र सम्पूर्ण घर्तीमगरलाई ६० लाख रुपयाँ विश्वासको भरमा दिएको थिए । जहाँ सम्म मकै पोलेको भन्ने आरोप छ त्यो विल्कुलै गतल हो, त्यो सत्य होईन । उत्त रकम बिना कागज दिए, उनीहरुलाई विश्वास गर्नाले म बिन्दा गीरी अहिले संकटमा परेको छु । अहिले उत्त रकम उनीहरुसँग माग्दा  उल्टै थर्काउने, तेस्रो ब्यक्ती लगाएर थर्काउने , फोनमा कुरा गर्दा अपश  शब्द गालीगलौज गर्ने र आफै मुद्दा हाल्ने गरी रहेका छन् ।

४. आफूले गरेका गल्ती ढाकछेप गर्न विभिन्न  संञ्चारमाध्यमलाई प्रभाव पार्दै गलत समाचार छाप्न अभिप्ररीत गर्दै हिडि रहेका छन् । यति मात्र नभईकन प्रहरीलाई समेत झुक्याउन खोज्ने प्रहरीलाई पनि आर्थिक लोभलालच देखाउने गरेका छन् ।

५. उत्त समाचारमा हामीमध्येका अञ्जु खड्का र बबिता भट्टको तस्वीर र बिन्दा गीरीको घरको तस्वीर हाम्रो अनुमती बिना फेसबुकबाट निकाली समाचारमा अपराधी जसरी राखिउको हुँदा हाम्रो गम्भीर आपत्ती रहेको छ ।







राष्ट्रिय समाचार
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६
आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

काठमाडाैँ ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। मन्त्री हेरफेरको चर्चा चल्दै ...

कार्तिक २५, २०७६
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः   प्रदेश सांसद रत्न ढकाल

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः प्रदेश सांसद रत्न ढकाल

काठमाडाैँ । २०७२ सालमा ''राष्ट्रिय जागरण'' अभियानकाे नेतृत्व गर्दै अखिल नेपाल क्रान्तिकारी अध्यक्षकाे हैसियतमा रत्न ...

कार्तिक २४, २०७६