कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सडकमा 'गो ब्याक इण्डिया’, भक्तपुरमा नेमकिपाकाे विराेध र्याली



सडकमा  'गो ब्याक इण्डिया’, भक्तपुरमा नेमकिपाकाे विराेध र्याली

काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि  लिपुलेक र लिम्पियाधुरा  समेटिएको बिरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका हुन् ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।








यसैगरी भक्तपुरमा नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध र्याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध र्याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको हो ।  विरोधसभामा बोल्दै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर अन्तर्राष्ट्रिय मञ्चलाई घच्चघचाउनुपर्ने बताए । उनले सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरुले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको विचार व्यक्त गरे ।





राष्ट्रिय समाचार
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६
आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

काठमाडाैँ ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। मन्त्री हेरफेरको चर्चा चल्दै ...

कार्तिक २५, २०७६
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः   प्रदेश सांसद रत्न ढकाल

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः प्रदेश सांसद रत्न ढकाल

काठमाडाैँ । २०७२ सालमा ''राष्ट्रिय जागरण'' अभियानकाे नेतृत्व गर्दै अखिल नेपाल क्रान्तिकारी अध्यक्षकाे हैसियतमा रत्न ...

कार्तिक २४, २०७६