कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
भक्तपुर, बागलुङ, कास्की र दाङमा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता



भक्तपुर, बागलुङ,  कास्की र  दाङमा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभामा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो ।

भक्तपुर–१ (क) मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका नेता बामदेव गौतम, सांसद महेश बस्नेतलगायतको उपस्थितिमा ढकालले निर्वाचन कार्यालयमा उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् । मनोनयनपत्र दर्ताका क्रममा नेकपाका कार्यकर्ताहरुको जुलुससमेत निर्वाचन कार्यालय पुगेको थियो ।

यस्तै नेपाली कांग्रेसबाट कृष्ण भँडेलको पनि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा कांग्रेस कार्यकर्ताहरु जुलुसहित निर्वाचन कार्यालय पुगेका थिए ।

भक्तपुर प्रभाव क्षेत्र भएको नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ । उनले पनि दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्षेत्रबाट राप्रपा संयुक्तका रामशरण लामिछानेले पनि उम्मेदवारी दिएका छन् । 

यस्तै समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मीले मनोनयनपत्र दर्ता गराएका छन् भने साझा पार्टीबाट सुरज प्रधानले पनि उम्मेदवारी दर्ता गराए ।

सो क्षेत्रबाट तीन स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् ।


बागलुङ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टीले मनोनयन दर्ता गराएका छन्। 

निर्वाचन क्षेत्र नं २ को २ प्रदेशसभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा साझा बाम उम्मेदवार खडा गरेका छन्। 

नेपाली कांग्रेसले भने यसअघिको निर्वाचनका उपविजेता उम्मेदवारलाई नै चुनावी मैदानमा उतार्ने गरी मनोनयन दर्ता गराएको छ। समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टि संयुक्त र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । १४ मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।

विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो ।

उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् ।


घोराही । दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केशव शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का छन् ।

दाङ क्षेत्रनम्बर ३ ‘ख’बाट प्रदेशसभामा निर्वाचित नेकपाका उत्तर कुमार ओलीको निधन भएपछि सो क्षेत्रमा १४ मंसिरमा उपनिर्वाचन हुन लागेको हो ।

सो क्षेत्रमा नेकपाले उत्तर कुमार ओलीकै श्रीमती विमलालाई उम्मेदवार बनाएको छ ।






राष्ट्रिय समाचार
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६
आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

काठमाडाैँ ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। मन्त्री हेरफेरको चर्चा चल्दै ...

कार्तिक २५, २०७६
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः   प्रदेश सांसद रत्न ढकाल

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः प्रदेश सांसद रत्न ढकाल

काठमाडाैँ । २०७२ सालमा ''राष्ट्रिय जागरण'' अभियानकाे नेतृत्व गर्दै अखिल नेपाल क्रान्तिकारी अध्यक्षकाे हैसियतमा रत्न ...

कार्तिक २४, २०७६