कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रमुख शाक्यसँग प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिमको शिष्टाचार भेट



 प्रमुख शाक्यसँग प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिमको शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा,
 

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग उत्तर कोरियाको प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिमले शिष्टाचार भेट गर्नुभएको छ । एक हप्ता लामो भ्रमणका लागि ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार (कार्तिक २१) काठमाडौं आउनु भएका रिमले आएकै दिन साँझ मेयर शाक्यसँग भेट गर्नुभएको हो । 

भेटका क्रममा मेयर शाक्यले प्योङ्याङ्सँग भगिनी सम्बन्ध स्थापना गर्ने समयमा उत्तर कोरिया पुगेको स्मरण गर्दै, त्यस यता सक्रिय सम्बाद नभएको दुई नगरबीच यस बर्षको इन्द्रजात्राले सम्बाद शुरु गराएको बताउनुभयो । गएको इन्द्रजात्रामा हामीले महानगरसँग भगिनी सम्बन्ध भएका सबै नगरलाई जात्रा अबलोकनका लागि बोलाएका थियौं । त्यस क्रममा यहाँहरु आउन सक्नुभएन । म आशा गर्छु, आउँदो बर्षको जात्रामा यहाँहरु अवश्य आउनु हुनेछ । आपसी सहयोगका बिषयमा कुरा गर्दै मेयर शाक्यले — आवश्यकताअनुसार आउँदा दिनमा प्योङ्याङ्ले सहरी सेवा व्यवस्थापनका लागि प्रबिधिमा सहयोग गर्न सक्छ । त्यस क्रममा बोल्दै प्योङ्याङ्का मेयर रिमले — भगिनी सम्बन्ध स्थापना भएदेखिकै पहिलो भ्रमण भएकोले काठमाडौं नगर, यहाँको बिकास र जनताका आवश्यकताका बारे परिचित हुनु अहिलेको भ्रमणको उद्देश्य रहेको बताउनुभयो । हामी शान्ति र काठमाडौंसँगको आत्मीय सम्बन्ध चाहन्छौं । यस कोणबाट काठमाडौंको भ्रमण हाम्रालागि उपलब्धीमुलक हुने मलाई लागेको छ, रिमको भनाइ थियो । 

प्रतिनिधि मण्डलमा २ जना डिस्ट्रिक्ट चेयरम्यानसहित नगरका उच्च अधिकारी र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरु हुनुहुन्छ । शिष्टाचार भेटका क्रममा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ् मान पनि सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिमण्डल कार्तिक २६ गते स्वदेश फर्कनेछ । 

शिष्टाचार भेटपछि प्रतिनिधिमण्डलको सम्मानमा रात्री भोजको आयोजना गरिएको थियो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कार्यपालिका सदस्यहरु, समितिका पदाधिकारीहरु तथा बिभागीय प्रमुखहरुको सहभागिता थियो ।   

उत्तर कोरियाको प्योङ्याङ् नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने क्रममा सन् २००१ मा काठमाडौं नगरको प्रतिनिधि मण्डल त्यसतर्फ गएको थियो । त्यसको १ बर्ष पछि भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसबेला महानगरको प्रमुख केशव स्थापित हुनुहुन्थ्यो । 
 




स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६