कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
''कालापानी र लिपुलेक हाम्रो हो'' युवा संघ बाँकेको बिरोध र्‍याली



''कालापानी र लिपुलेक हाम्रो हो'' युवा संघ बाँकेको बिरोध र्‍याली

नेपालगन्ज , भारतले नेपाली भु(भाग मिचेर सार्वजनिक गरेको नयाँ नक्साको बिरुद्धमा युवा संघ बाँकेको आयोजना तथा अनेरास्ववियु र अखिल क्रान्तिकारी समेतको सहभागीतामा नेपालगन्जमा बिरोध र्‍याली निकालेको छ ।

नेपालगन्जको बिपि चोकबाट सुरु भएको बिरोध र्‍याली धम्बोझी चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । 

गो ब्याक इन्डिया , भारतिय बिस्तारवाद मुर्दाबाद , हाम्रो जमिन फिर्ता गर जस्ता भारत बिरोधि नारा र प्लेकार्ड सहित हजारौंको संख्यामा उपस्थिति रहेको बिरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले लिपुलेक विशुद्ध हाम्रो हुदा हुँदै पनि भारतले आफ्नो निजि स्वार्थको निम्ति आफ्नो नयाँ नक्सामा हाम्रो भुभाग समाबेश गरेको बताएका छन् ।

भारतले जुन ढंगले नेपालको २३ वटा जिम्मामा सिमा मिचेको छ र आज पनि हामी बाकेबासिहरु डुबानको मार खेपिरहनु परेको छ त्यसको कारण पनि भारत नै हो त्यसैले हामी हाम्रो सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हाम्रो सिमा रक्षाको लागि मर्न पनि तयार छौुं , अध्यक्ष किशोर थापाले बताए ।
अध्यक्ष थापाले त्यसको बिरुद्धमा बाँकेका युवाहरु मात्रै नभएर सिङ्गो देशका युवाहरुले बिरोध गरिरहेका छन् । हामी भारतलाई चेतावनी दिन चाहन्छौं , एउटा छिमेकीले अर्को छिमेकीलाई यो किसिमको ब्यवहार नगर्न र अन्य छिमेकी राष्ट्रबाट भारतले सिक्नु पर्ने बताउनुभएको छ ।

साथै अध्यक्ष थापाले राष्ट्रियताको सवालमा एकजुट भएर बिरोध कार्यक्रममा उपस्थित जनाउने सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा रतन योगिले राष्ट्रियताको लागि गोलि खान पनि तयार रहेको तर नेपालको भुभाग भारत बाट अजाद गराउने बताएका छन् , उनले अगाडी भनेका छन् , हाम्रो स्वाभिमान , अखण्डता माथिको भारतीय बिस्तारबादले गरेको ठाडो हस्तक्षेप गर्दै लिपुलेक र कालापानी आफ्नो राजनैतिक नक्सामा समाबेश गरेको छ त्यो भारतले कुटनैतिक ढंगले समाधान नगरे हामी गोलि खान पनि तयार छौ तर हामी हाम्रो भुभाग लाई छोड्ने छैनौं भनेका छन् । 

त्यस्तै अखिल क्रान्तिकारीका तुल्सीमणि केसिले बिरोध सभालाई सम्बोधन गर्दै जसरी भारतले आफ्नो नयाँ नक्सामा हाम्रो भुभाग लाई स्वार्थपुर्ण ढंगले समाबेश गरेको छ त्यो तुरुन्तै सच्याउनु पर्ने र नभए देशका युवा तथा सम्पुर्ण नागरिकले यसको प्रतिबाद गर्नुपर्ने बताएका छन् ।

बिरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष मोहित शाहले इतिहासमा कहिले पनि गुलाम नबनेको हाम्रो देशमा भारतले जुन किसिमको गिद्दे दृस्टी लगाएको छ त्यसको लागि हामीले खबरदारी गर्दै हाम्रो स्वधिनताको निम्ति सदैव लड्न र मर्न तयार हुनुपर्ने जिकिर समेत गरेका छन् ।

बिरोध कार्यक्रममा सुरेन्द्र शाहले समेत आफ्नो मन्तव्य राख्दै परेको खण्डमा हामी अगामि दिनमा अझ ठुला आन्दोलनको तयार रहन समेत आव्हान गरेका थिए ।



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६