मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने



सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं संस्करण सोमबारबाट शुरु हुने भएको छ । कूल १ सय ७२ किलोमिटर लामो यो दौडमा १२ मुलुकका ४२ जना विदेशी र तीनजना स्वदेशी धावक सहभागी हुने छन् ।

पर्यटन वर्ष २०११ बाट एभरेष्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा यो प्रतियोगिता आयोजना गर्दै आएका छन् । नवौं संस्करणको रेस ११ नोभेम्बरबाट शुरु भई १८ नोभेम्बरमा सम्पन्न हुनेछ ।

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना हुने यस प्रतियोगिताले नेपाली पर्वतीय पर्यटनलाई अझ बढी प्रख्यात बनाउने विश्वास आयोजकको छ ।

रेसमा नेपाल, स्पेन, अर्जेन्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, इंल्याण्ड, ब्राजिल, अल्जेरिया, नर्वे, भियतनामलगायत मुलुकका धावक सहभागी हुने अन्नपूर्ण ट्रेक्स एण्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।

यसपटक दौडको साविक रुट परिवर्तन गरिएको छ । विगतमा यो दौड दोलखा जिल्लाको साविक जिरी बजारबाट शुरु भई रामेछापको बाम्ती भण्डार, सोलुखुम्बु जिल्लाको गोली, पिके डाँडा, जुनबेसी, टाक्सीन्दु, खरीखोला, लुक्ला, नाम्चे, त्याङबोचे हुँदै पासाङल्हामु गाउँपालिकाको लुक्लामै फर्किएर समापन हुन्थ्यो । यस वर्ष भने नयाँ रुटमा दौड हुँदैछ ।

सोलुखुम्बु जिल्लाको धापपत्ताले हुँदै च्याङ्स्यार, खोर्या, दिम्स्यास, पिके डाँडाको (च्यावीपिके र गोले पिके), लाम्जुरा, जुन्बेसी, फुङमोचे, तोङगीनाशा, टाक्सीन्दु, यावागोन्पा, जुबिङ फेदी, खरीखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै प्रतिस्पर्धाको समापन बिन्दु लुक्ला तोकिएको छ ।

साविकको रुटमा डोजरले बाटो खनेपछि नियमित दौड हुने रुट प्रभावित भएको आयोजकको भनाई छ । जिरीदेखि खरीखोलासम्म पुग्न सयाैं ठाउँमा मोटरबाटो काट्नुपर्ने भएको छ । पुराना पैदल हिड्ने रुट मासेर मोटरबाटो बनाएपछि साविकको रेस प्रभावित भएको हो ।




कलाशैली
‘द भ्वाइस अफ नेपाल’काे  उपाधि राम लिम्बुकाे पाेल्टामा

‘द भ्वाइस अफ नेपाल’काे उपाधि राम लिम्बुकाे पाेल्टामा

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको ...

मंसिर २२, २०७६
तामाङ एकताका लागि म्युजिक भिडियो  "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ  (भिडियाे सहित)

तामाङ एकताका लागि म्युजिक भिडियो "डम्फूमी ह्राप्सी": नायक अमिर दाेङ (भिडियाे सहित)

काठमाडाैँ । नायक अमिर दोङले तामाङ म्युजिक भिडियोमा नयाँ प्रयोग गरेका छन् । तामाङ समाजमा याे ...

मंसिर २०, २०७६
सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

सिम्रन श्रेष्ठले मिस बारा २०१९ को ताज पहिरिन सफल

बारा । अमेजोन इन्टरटेनमेन्टको आयोजना र रोयल ईभेन्टको सहकार्यमा 'मिस  एण्ड मिसेस बारा' सम्पन्न भएकोछ ...

मंसिर १९, २०७६
नायक तथा निर्माता कपिल खत्रीले  नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

नायक तथा निर्माता कपिल खत्रीले नयाँ चलचित्र ´मनशुन` निर्माण गर्ने

काठमाडाैँ । बिगत एक दशक देखि नेपाली सिने क्षेत्रमा सक्रिय नायक तथा निर्माता कपिल खत्रीले ...

मंसिर १९, २०७६
अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे  सार्वजनकि

अन्जु पन्तकाे नयाँ म्युजिक भिडियाे सार्वजनकि

शंकर थापाको "  तिमीलाई कति माया गर्छु " सार्वजनिक ( भिडियो )अन्जु र शंकरको "  ...

मंसिर १८, २०७६
आशा लामाको चुरा पोते (भिडियो सहित)

आशा लामाको चुरा पोते (भिडियो सहित)

काठमाडाैँ । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को ...

मंसिर १८, २०७६