मंसिर २१, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास



काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे १५ शैयाकाे अस्पतालकाे  सामाजिक तथा युवा खेलकुद विकास मन्त्री युवराज दुलालले शिलान्यास गरेकाे  छ । 
कार्यक्रममा प्रदेश सांसद रत्न ढकाल विशेष अतिथिका  थिए भने गाउँपालिका अध्यक्ष दिनानाथ गाैतम लगाएतका नेता तथा समाजसेवीहरू अतिथिरूपमा रहेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले चौंरीदेउराली गाउँपालिका र गाउँबासीलाई बधाई दिएका छन् । ‘अस्पताल निर्माणमा मुलुककै सबैभन्दा पहिलो स्थानीय तह बन्न चौंरीदेउराली सफल भएको छ । चौंरीदेउराली नेपालकै सबैभन्दा पहिलो अस्पताको शुरुवात गर्ने स्थानीय तहमा परेको छ ।’ उहाँले भन्नु भयाे, ‘गाउँपालिका र गाउँबासीलाई बधाई दिन चाहन्छु ।’

स्वास्थ्य जनताको मौलिक हक भएकोले अस्पताल निर्माणमा प्रदेश सरकारले जोड दिँदै आएको मन्त्री दुलालले बताउनु भएकाे छ । ‘हामीले गत साल नै अस्पताल निर्माणको योजना बनाएका थियौं । विविध कारणबस शुरुवात गर्न सकनौ । स्वस्थ रहन पाउने जनताको नैसर्गिक अधिकार भएकोले हामीले स्वास्थ्यमा विशेष जोड दिएका छन् । ’  मन्त्री दुलालले भन्नुभयाे, 

एक विद्यालय एक नर्स कार्यक्रमले विद्यालयमा विद्यार्थी अनियमिततालाई हटाएको बताउँदै मन्त्री दुलालले यसको माग अझ बढेको जानकारी दिए ।



प्रदेश सांसद रत्न ढकालले भाैतिक निर्माणकाे क्रममा फड्काे मार्दै स्वास्थ्य क्षेत्रलाई लक्षित गरि काेशिपारीकाे जनतालाई सेवा सुविधा पुर्याउनकै लागि अस्पताल निर्माण गर्न लागेकाे बताउनु भएकाे छ ।  

''एक घर एक धारा'' भन्ने अभियान चाँडै  सम्पन्न हुने उहाँले सम्बाेधनकाे क्रममा जानकारी गराउनु भयाे । 


प्रदेश सरकारकाे सहयाेग र गाउँपालिकाकाे सहकार्यमा प्राविधिक शिक्षालय स्थापना गर्न सफल भएकाे बताएका छन् । 

काेशिपारी काभ्रेकाे दुर्गम क्षेत्रकाे रूपमा चिनिएता पनि मध्य लाेक मार्ग सडककाे कारणले सुगम क्षेत्रकाे रूपमा चिनिने सांसद ढकालकाे दाबी रहेकाे छ । 

समृद्ध नेपालका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकार निरन्तर लागि रहेका छन् तर राष्ट्रियता अखण्डताकाे सवालमा सबै एक भएर लिपुलेक, लिम्पियाधुरा र कालापानीमा मिचिएका भूमि फिर्ता लिनु पर्नेमा उहाँले जाेड दिनुभयाे ।

फाेटाेः निर्मला गाैतमकाे फेसबुक वालबाट    
Image may contain 7 people people standing and people sitting
Image may contain 6 people including Ratna Dhakal people standing
Image may contain one or more people people standing and outdoor
Image may contain 4 people people smiling people on stage people standing and outdoor
Image may contain outdoor and nature

((https://youtu.be/eatHbxHfFZY?t=42))





स्थानीय समाचार
विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा काठमाडौं । महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ ...

मंसिर २०, २०७६
धुलिखेलका प्रत्येक वडा वडामा फिटनेस पार्क, के सफल हाेला ?

धुलिखेलका प्रत्येक वडा वडामा फिटनेस पार्क, के सफल हाेला ?

मिलन कुमार गाैतम, काठमाडाैँ । तपाईं पहिलाे चाेटि धुलिखेल आउनु भएकाे हाे भने झुकिन सक्नु ...

मंसिर १९, २०७६
भक्तपुरमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न

भक्तपुरमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजना भएको सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेलामा बोल्नुहुँदै प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान २०७२ ...

मंसिर १९, २०७६
कतार च्यारेटीद्धारा खजुरा गाउँपालिकामा शौचालय, सिंचाई र धारा सहयोग

कतार च्यारेटीद्धारा खजुरा गाउँपालिकामा शौचालय, सिंचाई र धारा सहयोग

नेपालगन्ज, मंसिर । कतार च्यारेटीको आर्थिक र प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाको खजुरा गाउँपालिकाका ...

मंसिर १८, २०७६
राहदानी आवेदन रशीदको आधार मा हजयात्री नाम दर्ता

राहदानी आवेदन रशीदको आधार मा हजयात्री नाम दर्ता

नेपालगञ्ज, मंसिर । नेपाल हज समिती सचिवालयले बबरमहलको मिति २०७६/०८/०१ को गोरखापत्रमा प्रकाशित सूचनामा अबेदन ...

मंसिर १८, २०७६
हिरासतबाट आठ थुनुवा फरार

हिरासतबाट आठ थुनुवा फरार

काठमाडाैँ । सिरहाको एक इलाका प्रहरी कार्यालयको हिरासतबाट आठ थुनुवा फरार भएका छन्।लक्ष्मीपुरपतारी गाउँपालिकास्थित इलाका ...

मंसिर १४, २०७६