मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान



बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा आइपुगेका आएका छन्। 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा  नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । 

उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्।


त्रिभुवन विमानस्थलमा उनलाई सेनाको टुकुडीले सम्मान गारत अर्पण गरिएको छ। नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।

राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। उनीसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ।


नेपाल बसाइँका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका चन्द्रागिरी, भक्तपुर लगायतका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नेछन्। हमिद शुक्रबार स्वेदश फर्कने छन्। 



राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६