मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
मोहमद अफताब आलम पुर्पक्षका लागि थुनामा



मोहमद अफताब आलम पुर्पक्षका लागि थुनामा

काठमाडाैँ । संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ।

८ दिन लामो थुनछेक बहस सुनेपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमले इन्कारी बयान दिए पनि प्राप्त प्रमाणहरुले निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई पर्न सक्ने प्रतिकुल प्रभावका आधारमा आलमलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।

अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिने छ। मुद्दाको मूल विषयमा पनि बहस हुने छ। त्यसपछिमात्रै आलमको मुद्दामा अदालतले फैसला गर्ने छ। यी सबै प्रकृयाको कहिले हुन्छन् भने यकिन मिति भने हुँदैन।

अदालतको आदेशअनुसार उनलाई जिल्ला कारागार रौतहट चलान गरिएको छ । तर सुरक्षाको दृष्टिकोणले जिल्ला कारागार रौतहटमा राख्नु अनुपयुक्त हुने भनेको छ । साक्षी बकपत्र र मुद्दाको पूर्पक्षको समयमा अदालतमा अनिवार्य उपस्थित गराउने गरी उपयुक्त कारागारमा स्थानान्तरण गर्न अनुमति दिइएको छ ।


साथै आलमले अदालतमा बयान दिँदा आफू मधुमेह र उच्च रत्तलचापको बिरामी भएको भनेर डाक्टरको रिपोर्ट पेश गरेकाले अस्पतालमा नियमित उपचार गराउन पनि भनिएको छ ।

साथै अदालतले जाहेरवाला, पीडित र सरकारका साक्षीहरुलाई संरक्षण गहृमा राख्न पनि आदेश दिएको छ ।

अदालतमा थुनछेक बहस चलिरहँदा आलमका मानिसहरुले बम विस्फोटका घाइते गौरीशंकर दास चमारलाई चारदिनसम्म अपहरण गरेर बयान फेर्न दबाब दिएका थिए भने मृतक ओसी अख्तरका परिवारलाई आर्थिक प्रलोभन देखाएका थिए ।

चमारले सुरक्षाको माग गर्दै निवेदन समेत दिएका थिए । अदालतले त्यसलाई ध्यानमा राखेर जाहेरवाला, पीडित र सरकारी साक्षीहरुलाई संरक्षण गृह वा त्यस्तै प्रकारको संस्थामा सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै उनीहरुलाई सुरक्षित रुपमा अदालत ल्याउन लैजाने, व्यक्तिगत वासस्थनको सुरक्षा गर्न र उनीहरुको सुरक्षामा खलल गर्नेलाई कारबाही गर्न गर्न पनि आदेश दिएको छ ।

१० पृष्ठ लामो अदालतको संक्षित आदेशमा अभियोगका साथ पेश भएको पेनड्राइभ, त्यसमा भएका फोटा र भिडियोलाई अदालतमा अभिलेखीकरण गर्न पनि भनिएको छ ।

१३ वर्ष अघि संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात २०६४ चैत २७ गते राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ । आलमले भने विस्फोटको घटना नै नभएकाले आफू निर्देश भएको जिकिर गर्दै आएका थिए । थुनछेक बहसको अन्त्यमा समेत उनले २७ चैतमा विस्फोटको घटना नै नभएको दाबी गरेका थिए । उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको कुरा आउँदैन ।’

तर घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गरे । ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ उनले भनेका थिए ।





राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६