मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पर्यटकलाई आकर्षण गर्न महोत्सव



पर्यटकलाई आकर्षण गर्न महोत्सव

पत्रकार चन्द्रमणि भट्टराइकाे सहयाेगमा,

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएका मूर्त अमूर्त सांस्कृतिक सम्पदा पर्यटन पूर्वाधारका लागि महत्वपूर्ण आधार भएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभएको छ । शनिबार वडा १८ ले किलाघः देखि नरदेवीसम्मको करीब २०० मिटर सडकमा सञ्चालन गरेको “भिंतुना सनिल – ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव” मा बोल्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । यो बर्ष अर्थात् आ। व। २०७६÷०७७ मा लाई हामीले ‘सम्पदा संरक्षण तथा सम्बर्धन र पर्यटन प्रवर्धनका लागि पूर्वाधार बर्ष’ का रुपमा लिएका छौं । यसै अनुसार काम गरिरहेका छौं । महोत्सव शुभारम्भका अवसरमा मेयर शाक्यले भन्नुभयो — यसका लागि भित्री वडाहरुको महत्वपूर्ण योगदान छ । यससँगै बाहिरी वडाहरुको सांस्कृतिक सम्पदालाई प्रवर्धन गर्ने काम गरिरहेका छौं । महोत्सव शुभारम्भका अवसरमा मेयर शाक्यले वडाको किलाः घः मा गएको आर्थिक बर्ष २०७५÷०७६ को वजेटवाट पुननिर्माण गरिएको पीगं अजिमा मन्दिर, नासः चुकमा, मलामी गुठी भवन र डाँछी ईटाको पर्खाललगायत सांस्कृतिक सम्पदाको उद्घाटन गर्नुभएको थियो । 

पुननिर्माण हुनुअघि मलामी गुठी र नास द्यः को कम्पाण्ड जोडिएको तर छुट्टाछुट्टै थियो । पुननिर्माणका क्रममा दुवै जग्गालाई एकीकृत गरी ८ आना जग्गाको एउटै कम्पाउण्ड बनाइएको छ । जग्गालाई छुट््याउन मलामी गुठीतर्फ ब्लक इटा छापिएको छ भने नास द्यः तर्फ ढुङ्गा बिछ्याइएकाे छ  । यसरी कम्पाउण्ड एउटै भएपछि सामाजिक काम गर्न ठाउँ फराकिलो भएको गुठियारहरुको भनाइ छ । 

महोत्सवको उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले — वडाबाट थालनी गरिएको महोत्सव सहरभरि प्रबर्धन गर्दै लगिने योजना सुनाउनुभयो । पर्व र समय बिशेष प्रदर्शन हुने नाच तथा बाद्यबादन, चालचलनलाई अभिलेखीकरण गर्ने, सम्पदा मार्गलाई व्यवस्थित गर्ने कामबाट पर्यटन प्रवर्धन गरेर स्थानीयबासीको आयमा वृद्धि गर्ने रणनीतिअनुसार काम भइरहेको उहाँको भनाइ थियो । त्यस अवसरमा बोल्दै सम्पदा तथा पर्यटन बिभागका प्रमुख राम थापाले — यस प्रकारका कामले नेपाल पर्यटन बर्ष २०२० का कार्यक्रमलाई टेवा पुग्ने बिश्वाश व्यक्त गर्नुभयो । त्यस्तै वडा सदस्य हेराशोभा डंगोल महर्जनले, स्थानीय सहभागितामा वडाका मौलिक चालचलनलाई प्रबर्धन गरेको बताउनुभयो । 

२०७२ सालको भूकम्पले महानगरलाई सम्पदा व्यवस्थापन गर्ने कामका केही चुनौती थपेको छ भने केही अवसर प्राप्त भएको छ । कार्यक्रममा स्थानीयका तर्फबाट बोल्दै किलाः घः का सदस्य तथा पुननिर्माण समितिका सचिव नातिकाजी महर्जनले सम्पदा पुननिर्माणमा देखिएका चुनौतीलाई पनि सम्भावनामा रुपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।  

वडा १८ ले गएको बर्ष भुरुङ्गखेलर त्यस अघिको बर्ष नेटपाचोमा यसै प्रकारको महोत्सव आयोजना गरेको थियो । यस बर्षको महोत्सव तेश्रो महोत्सव हो । यो किलागलदेखि नरदेवीसम्मको करीव २०० मिटर सडकमा चलिरहेको छ । महोत्सवमा अमूर्त सम्पदाहरुका संरक्षक गुठीहरुले मौलिक बाजा प्रदर्शन, बाद्य शैली तथा नृत्य प्रस्तुत गरिरहेका छन् । महोत्सव सञ्चालनका लागि परम्परागत ङत त्वाः, किलाघः त्वाः, त्यंग त्वाः, त्यंग कुमा खलः र ङत तुलाधर समितिको संस्थागत सहभागिता छ । त्यस्तै वडामा बसोबास गर्ने कलाकारहरुले कला प्रस्तुतिमा सघाएका छन् । 

महोत्सव सञ्चालनका लागि वडासँगै महानगरको सम्पदा तथा पर्यटन विभागमार्पmत खर्चको व्यवस्था मिलाइएको छ । कार्यक्रमको व्यवस्थापन किलाघः त्वाः र किलाघः त्वाः मिसा पुचःले गरेका छन् । किलाघः टोल सुधार समितिले स्वयम्सेवक खटाएको महोत्सवलाई सिभिल बैंक, सिद्धार्थ बैंक र नेपाः व्याङ्क्वेटले सहयोग गरेका छन् । 

सडक महोत्सवमा वडावाट प्रशिक्षण पाएका प्रशिक्षार्थीले तथा स्थानीयले तयार पारेका हस्तकलाका सरसामान र खाना तथा खाजाका स्टल राखिएका छन् । यसरी राखिएका खाद्यबस्तुमा नेवार समुदायभित्र बिशेष पर्व तिथि तथा समयमा खाइने खाद्य परिकार समाबेश छन् । 



स्थानीय समाचार
धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

मिलन कुमार गाैतम,  धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका भित्र  रहेका सामुदायिक एवं निजि विद्यालय आसपासका ...

मंसिर २३, २०७६
म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

मिलन कुमार गाैतम, काभ्रे, धुलिखेल  । म्यानमारबाट आउनु भएका यु थान नाईङ, याेजना तथा आर्थिक ...

मंसिर २२, २०७६
कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

विनोद भट्टराई नेपालगञ्ज,   स्कुले विद्यार्थीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि बाँकेको कोहलपुर बजार क्षेत्र तनावग्रस्त ...

मंसिर २२, २०७६
पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख  थापा

पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख थापा

नेपालगञ्ज,   नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पैशाको प्रलोभनमा मानव बेचबिखनको सहयोग गर्नु निन्दनीय ...

मंसिर २२, २०७६
काभ्रे जिल्ला समन्वय समितिले  जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई  हस्तान्तरण

काभ्रे जिल्ला समन्वय समितिले जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई हस्तान्तरण

काभ्रे । जलस्रोतको उपयोगका लागि उपभोक्ता समिति गठन गरी जिल्ला जलस्रोत समितिमा दर्ता गर्न सकिने ...

मंसिर २१, २०७६
विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा काठमाडौं । महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ ...

मंसिर २०, २०७६