नमाेबुद्ध नगरपालिका वडा नं.३ मा वडा कार्यलयकाे विवाद चुलियाे, नगरप्रमुख माैन (भिडियाे सहित)
मंसिर २, २०७६
काठमाडाैँ । नमाेबुद्ध नगरपालिका वडा नं। ३ मा भएकाे वडा कार्यलयकाे विवाद अहिले चरम चुलीमा पुगेकाे छ । वडा कार्यलय सार्नु पर्छ भन्ने पक्ष र यथास्थानमा नै ठिक छ भन्ने समुह बीच ठुलै विवाद भएकाे हाे । विवाद मात्र हाेइन छापामार शैलीमा वडा कार्यलयका सामानहरू लुटेर लगेकाे वडा अध्यक्ष रामशरण हुमागाईँकाे भनाइ छ । प्रहरी प्रशासनकाे सहयाेगमा केही सामानहरू फिर्ता गराएता पनि महत्वपुर्ण फाइल, ल्यापटप र अन्य सामाग्रीहरू हराइरहेकाे वडा अध्यक्ष रामशरण हुमागाईँले सारा खबरसँगकाे संवादका क्रममा बताउनु भएकाे छ ।
घटना घटे लगतै जिल्लाबाट नेपाल प्रहरी एसपीकाे कमाण्डमा पुगेका प्रहरी टाेलीले लुटेका सामानहरू फिर्ता गराउन सफल भएकाे वडा अध्यक्षले जानकारी दिनुभयो ।
वडा कार्यलय कहाँ राख्ने भन्ने विषयमा २०७५/०३/२७ गते नै नगरपरिषदबाट सर्वसम्मत निर्णय भए अनुसार नै कार्य गरी रहेकाे वडा अध्यक्ष हुमागाईँकाे दाबी रहेकाे छ ।
२०७६/ कार्तिक १४ गते भएकाे घटनामा संलग्न व्यक्तिहरूलाई कार्वाही गरी पाउँ भनि जिल्ला प्रहरी कार्यलय काभ्रेमा किटानी जाहेरी दिएता पनि नगरप्रमुखकाे पत्र नभएकाे भनी कार्बाही गर्न आनाकानी गरी रहेकाे वडा अध्यक्ष रामशरण हुमागाईँले गुनासाे गर्नुभयाे । तर हामीले फाेन मार्फत नगरप्रमुख टिपी शर्मालाई सम्पर्क गर्दा सम्पुर्ण जानकारी वडा अध्यक्षसँगै लिनु हाेला भन्दै पन्छिनु भयाे ।
घटना घटेकाे दिनकाे भिडियाे देखाउँदै वडा अध्यक्ष हुमागाईँले राजनीतिक स्वार्थका कारण नगरप्रमुख केही नबाेलेकाे र कार्बाहीका लागि पत्र दिन आनाकानी गरिरहेकाे आराेप लगाएका छन् ।