मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
दीगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव



दीगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव

काठमाडौं । समयमै र गुणस्तरीय निर्माण हुन नसकेकोमा आक्रोश बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

स्क्याफले तीन दिनसम्म काठमाडौंमा आयोजना गरेको उज्जवल भवियका लागि उत्थानशिल निर्माण विषयक सम्मेलनमा सहभागि विज्ञहरुहरुले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन् । उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यवसायीक संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशिल संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

विज्ञहरुले निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउनसके उत्थानशिल संरचना निर्माण हुनसक्ने दावी गरेका छन् ।

नेपालले गोर्खा भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पुर्याउन आवश्यक रहेको सम्मेलनका सहभागिहरुको जोड दिइरहेका बेला राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले धरहरा पुर्ननिर्माणसँगै भूकम्प संग्रहालय बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय तहमा छुट्टै अनुसन्धान केन्द्रको स्थापना समेत गर्न लागिएको बताउनुभयो ।

तीन दिनको सम्मेलन उत्थानशिल संरचना निर्माण, यसका चुनौति, जारी प्रयत्न, नविनतम प्रविधि र पुरातत्व संरक्षण लगायतका विषयमा केन्द्रित रहेर विज्ञहरुका कार्यपत्र प्रस्तुति रहेको स्क्याफका महासचिव कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।   

स्क्याफको २९ औं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनियरहरुको संस्था र सिईएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्मेलनको समापनमा समारोहमा स्क्याफका अध्यक्ष राजेश थापाले घोषणापत्रको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुने अपेक्षा गर्नुभयो । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको थियो ।




राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६