मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अचम्म नमान्नुसः एउटै गह्राको बन्दाकोभी ४ लाख



अचम्म नमान्नुसः एउटै गह्राको बन्दाकोभी ४ लाख

धनकुटा । धनकुटाका किसानले एउटा गह्रा बारीमा फलाएको बन्दाकोभीबाट ४ लाख आम्दानी गरेका छन्। छथरजोरपाटी गाउँपालिका–६ सिँधुवाका अगुवा किसान इन्द्रबहादुर श्रेष्ठको एउटै गह्राको बन्दाकोभी ४ लाख रुपैयाँमा बिक्री भएको छ। बारीमै आएर मोलमोलाई गरी व्यापारीले ४ लाख रुपैयाँमा बन्दाकोभी खरिद गरेको अगुवा किसान श्रेष्ठले बताए।

उनले कुनै बेला उचित भाउ नपाउँदा बारीमै बन्दाकोभी कुहाएका थिए। तर यो सिजन भने ६ रोपनी क्षेत्रफलको गह्रामा फलेको बन्दाकोभी ४ चार लाख रुपैयाँमा बिक्री हुँदा आचश्र्य लागेको उनले बताए।

श्रेष्ठ छथरजोरपाटी गाउँपालिका क्षेत्रका अगुवा किसान हुन्। उनी करिब तीन दशक यता व्यावसायिक तरकारीखेती गर्दै आइरहेका छन्। पछिल्लो समय जरागाँठो हुने रोगले बन्दाकोभी सखाप पार्न थालेपछि खेतीबाट बिस्तारै विस्थापित हुँदै गइरहेका थिए।

बन्दाकोभीको मूल्य बजारमा धेरै भएको कारण किसानले मूल्य बढी पाएको उनले बताए। अहिले धनकुटा सदरमुकाममा बन्दाकोभी प्रतिकिलो ५५ देखि ६५ रुपैयाँसम्म छ। तराईमा प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ। ‘बन्दाकोभीले नसोचेको भाउँ पाउँदा यस क्षेत्रका अन्य किसान खुसी छन्’ ,उनले भने, ‘बारीमै प्रतिकिलो ४० देखि ४५ प्रतिकिलोमा बिक्री हुन्छ’

बन्दाकोभीको मूल्य गतवर्ष प्रतिकिलो ३६ रुपैयाँसम्म पुगेको थियो। क्लव रुटकै कारण पोहोर साल बन्दाकोभीको खेती गर्न उनलाई आँट आएन। पोहोर साल मूल्य प्रतिकिलो ३६ रुपैयाँसम्म पुगेको थियो।

तर यो वर्ष भने क्लव रुटले नभेट्ने उन्नत जातको वाईआर होनाम जापानिज नामको बिउ खरिद गरेर खेती गरेको उनले बताए। यो बिउ १० ग्रामको ९ सय रुपैयाँ पर्छ। ६ रोपनीको एउटा गह्रामा ९० ग्राम बिउ उमारेर रोपेको उनले बताए। 



स्थानीय समाचार
धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

धुलिखेल नगरपालिकामा अनेरास्ववियुकाे ज्ञापनपत्र पछि विद्यालय आसपासका पसल अनुगमन

मिलन कुमार गाैतम,  धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका भित्र  रहेका सामुदायिक एवं निजि विद्यालय आसपासका ...

मंसिर २३, २०७६
म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

म्यानमारकाे मन्त्री मण्डल प्रतिनिधिलाई धुलिखेलमा भव्य स्वागत

मिलन कुमार गाैतम, काभ्रे, धुलिखेल  । म्यानमारबाट आउनु भएका यु थान नाईङ, याेजना तथा आर्थिक ...

मंसिर २२, २०७६
कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

कोहलपुरमा तनाव, कर्फ्यु आदेश जारी

विनोद भट्टराई नेपालगञ्ज,   स्कुले विद्यार्थीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि बाँकेको कोहलपुर बजार क्षेत्र तनावग्रस्त ...

मंसिर २२, २०७६
पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख  थापा

पैशाको प्रलोभनमा नपरौ –उपप्रमुख थापा

नेपालगञ्ज,   नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पैशाको प्रलोभनमा मानव बेचबिखनको सहयोग गर्नु निन्दनीय ...

मंसिर २२, २०७६
काभ्रे जिल्ला समन्वय समितिले  जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई  हस्तान्तरण

काभ्रे जिल्ला समन्वय समितिले जलस्रोत समितिकाे अधिकार स्थानीय तहलाई हस्तान्तरण

काभ्रे । जलस्रोतको उपयोगका लागि उपभोक्ता समिति गठन गरी जिल्ला जलस्रोत समितिमा दर्ता गर्न सकिने ...

मंसिर २१, २०७६
विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

विविध कार्यक्रमसहित मंसिर २८ र २९ गते महानगर दिवस मनाइने

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा काठमाडौं । महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ ...

मंसिर २०, २०७६