मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
३४ करोड ठगी गर्दा पनि बैंकले थाहा पाएन



 ३४ करोड ठगी गर्दा पनि बैंकले थाहा पाएन

काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले दिएको निर्देशन र शुल्क फिर्ता गर्न मेडिकल कलेजले देखाएको उदासीनताले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक अख्तियार पूर्वप्रमुख आयुक्तमाथि थालिएको अनुसन्धान, दक्षिण एसियाली खेलकुदको तयारीलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

दुर्लभ रेडपान्डाको तस्वीर छापेको कान्तिपुरले ‘पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का’ शीर्षकमा मुख्य समाचार बनाएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको हो ।

कान्तिपुरका अनुसार, विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्नेगरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिन गरिरहेको छ । ‘सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ’, प्रधानमन्त्री कार्यालयमा बस्न्यातबारे भएको ब्रिफिङमा सहभागी एक अधिकारीलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ ।

प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावासायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको समाचारमा उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको अख्तियारकै पूर्वप्रमुख गैरकानूनी सम्पत्ति आर्जनमा मुछिएको यो पहिलो घटना हो ।

दुई नागरिकता बनाएर कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार गौतमले ३४ करोड ठगी गरेको खबर अन्नपूर्णमा छापेको छ । गौतमले तेजबहादुर थापाको नाममा नागरिकता बनाएर ३४ करोड ठगी गरेका हुन् ।

‘कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले । एक–दुई हजार, लाख होइन, करोड पनि होइन, ३४ करोड रुपैयाँ’, अन्नपूर्णले समाचारको लिड लाइनमा लेखेको छ ।

यति ठूलो रकम ठगी गर्दा पनि बैंकले थाहा पाएन । राजीनामा दिएर विदेश पलायन भएपछि मात्रै यसको पोल खुलेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

सागको सुस्त तयारीबारे पनि अन्नपूर्णले समाचार बनाएको छ । समाचार अनुसार, विदेशी खेलाडी नेपाल आइसके पनि रंगशालालगायतका पूर्वाधार निर्माण अझै सकिएको छैन ।

वीर अस्पतालको जग्गा अनियमितताबारेको प्रतिवेदन गुपचचुप राखेर फेरि छानबिन समिति गठन गरिएको खबर नागरिकमा छ भने राजधानीले सभामुख नहुँदा पाँच विधेयकको प्रमाणीकरणमै अन्योल भएको लेखेको छ ।



राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६