मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु



 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु



काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन हुँदै छ।

त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ।

मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गरेको छ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताएका छन्। 

साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था छ।

कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन?

गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत थिए।

सहकर्मी वाशुदेव मिश्रका अनुसार यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उम्मेदवार गरि कुल २१ जना चुनावमा भिड्दै छन्। सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी चुनावी मैदानमा छन्।

त्यस्तै प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका हरिशरण लामिछाने, गण्डकी प्रदेश बागलुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुँदै छ। र, विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि आज मतदान हुँदै छ।

प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएकाे छ।

 



राष्ट्रिय समाचार
आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

आजको पत्रपत्रिकाः गण्डकी प्रदेशसभा भित्र महिला संसद्‍ यौन हिंसामा, अनियमितताले तुहिएको ‘प्याज मिसन’

काठमाडौँ ।  आज मंसिर २४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ...

मंसिर २४, २०७६
कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

कसरी बन्छ समृद्ध नेपाल ? सरकारी कार्यलयकाे अवस्था यस्ताे छ ।

बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

आजको पत्रपत्रिका : भन्सार र कर प्रशासन कर्मचारीहरुको सम्पत्ति विवरण बुझायो, प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालियो

काठमाडौं । आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली ...

मंसिर २२, २०७६
आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

आजको पत्रपत्रिका: नेपाली चेलीले चम्काएको साग गेम

काठमाडौं । आजकाे राष्ट्रिय दैनिक पत्रिकाहरूले साग गेमलाई नै प्रथामिकतामा राखेर सामाचार प्रकाशन गरेका छन् ...

मंसिर २१, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको अनुगमन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको अनुगमन ...

मंसिर १४, २०७६
 आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

आज कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन? बिहान ७ बजेदेखि मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा ...

मंसिर १४, २०७६