मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
दशरथ रंगशालामा साग गेमकाे भव्यताका साथ उद्घाटन समाराेह सम्पन्न (फाेटाे फिचर सहित)



दशरथ रंगशालामा साग गेमकाे भव्यताका साथ उद्घाटन समाराेह सम्पन्न (फाेटाे फिचर सहित)

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ । दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन  गरेकी हुन् । 


तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिएको थियो । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ ।

३ घण्टा भन्दा बढी समय चलेको समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए ।

यस्तै ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेका थिए । यसैगरी खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिए ।

उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो । कुन्ति मोक्तान, आनन्द कार्की, ईन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जिवनराम श्रेष्ठले साग मिनी ओलम्पिकको रुपमा रहेको र युवा खेलाडीका लागि प्रतिभा देखाउने अवसर रहेको बताए ।

साग कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले साग थोरै समयमा पूर्वाधार तयार पार्दै साग आयोजना गर्न सफल भएको बताए ।

सन् १९८४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा र  २०१९ मा गरी तेस्रो पटक आयोजना गरेको हो ।


सेना, प्रहरी र शसस्त्र प्रहरीको ब्यान्डले छुट्टै प्रस्तुती पनि रहेको थियो । उद्घाटन समारोहमा आतासबाजी देखि लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक कलाले पनि उद्घाटन सत्रलाई थप रोमाञ्चक बनाएको थियो ।  पाँचसय भन्दा बढी बाध्यबादकले नेपालको विभिन्न मौलिक बाजा बजाएका थिए । 



















खेलकुद
सर्वाधिक स्वर्ण जीत्न सफलः जलपरी गाैरिका सिंह

सर्वाधिक स्वर्ण जीत्न सफलः जलपरी गाैरिका सिंह

काठमाडाैँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पाैडीका जलपरी गाैरिका सिंह  सर्वाधिक सफल खेलाडी ...

मंसिर २३, २०७६
 साग फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री, आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने

साग फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री, आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फुटबल फाइनलको सबै टिकट ...

मंसिर २३, २०७६
नेपाल र बंगलादेश बीचकाे फुटबल खेलमा जीत कस्काे हाेला ?

नेपाल र बंगलादेश बीचकाे फुटबल खेलमा जीत कस्काे हाेला ?

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज ...

मंसिर २२, २०७६
श्रीलंकालाई पराजित गर्दै भुटान फाइनलमा प्रवेश

श्रीलंकालाई पराजित गर्दै भुटान फाइनलमा प्रवेश

काठमाडौँ  । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकालाई पराजित गर्दै भुटान फाइनलमा ...

मंसिर २१, २०७६
माल्दिभ्सलाई पराजित गर्दै नेपाल अग्र स्थानमा

माल्दिभ्सलाई पराजित गर्दै नेपाल अग्र स्थानमा

काठमाडौँ ।    १३औँ दक्षिण एशियाली खेलकूद (साग) नेपालले माल्दिभ्सलाई पराजित गर्दै करिब पन्ध्र हजार ...

मंसिर २१, २०७६