मंसिर २४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पंच र कांग्रेसभन्दा केमा चै भिन्न देखिन्छ र यतिबेलाको नेकपा ?



पंच र कांग्रेसभन्दा केमा चै भिन्न देखिन्छ र यतिबेलाको नेकपा ?

 – ज्योतिलाल बन
कतिपय विकास निर्माणका गतिविधि र केही सामाजिक सुधारका प्रयास पंचहरुले पनि गरेकै हुन् । यस्ता सुधारलगायत लोकतन्त्रका लागिको प्रयास ने.का. तथा अन्य प्रजातान्त्रिक मान्यता राख्नेहरुले पनि नगरेका हैनन् ।

धेरै टाढाको विगततर्फ न गै जतिबेलादेखि म परोक्ष र प्रत्यक्ष रुपले नेपालको साम्यवादी आन्दोलमा सरिक भए, मैले बुझेको बुझाई पंच र प्रजातन्त्रवादीहरुले गरेका र गर्दै आएका प्रयासमा मात्र सीमित थिएन । यसमा त मुलुकको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणका मान्यताहरु मुख्य पक्ष थिए । जसमा अन्धविश्वासजन्य परंपरामा आधारित विभिन्न कुरीतिहरुको अन्त्य, भौतिकवादी चेतनाको विकास, शोषण उत्पीडन र जातीय तथा लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक र सामाजिक समानताको प्रयास, अनुचित रुपमा गरिने राज्यकोष दुरुपयोगलगायतका भ्रष्टाचारहरुको अन्त्य, आर्थिक मितव्ययिता अपनाउदै मुलुकका लागि स्वनिर्भरताको प्रयास, सादा जीवन र उच्च विचारले युक्त जीवनशैलीको थालनी, आदिजस्ता उद्देश्यहरु रहेका थिए ।

यसैका लागि निकै ठुलो लगानी भयो । २०२८ सालदेखि २०६३ सालसम्मको मात्रै मोटामोटी हिसाव गर्दा लगभग २० हजार जनाको बलिदान भयो, सयौं घाइते भएर अपाङ्ग अवस्थामा पुगे, जेलमा सडेर हजारौ प्रतिभाहरु कुण्ठित हुन पुगे, सयौंको उठिबास भयो, कतिपयको पारिवारिक र निजी जीवन भताभुङ्ग बन्न पुग्यो, अरबौंको आर्थिक र भौतिक क्षेती हुन पुग्यो । हो यस्ता अग्रगामी रुपान्तरणका अभिायनहरु तुरुन्तै सम्पन्न गर्न सकिन्न । तर कम्युष्टि भन्नेहरुको सत्ता र शक्तिमा पहँुच पुग्न थालेपछि यदि यी इमान्दार भैदिएको भए यस्ता अभियानहरुको थालनी भने पक्कै गर्न सकिन्थ्यो । तर यिनले यस्ता अभियानको उच्चारणसम्म गरेनन् । बरु यिनले त ऐयासी जीवनशैली, राज्यकोष दुरुपयोगलगायतका भ्रष्टाचारहरु, उच्चस्तरको वर्गीय असमानता, शोषक उत्पीडक र जालिफटाहरुको पक्षपोषणलगायत विभिन्न अपराधजन्य विकृत व्यवहारहरुमा हिजोका पंच र प्रजातान्त्रिक भनिने कतिपयहरुलाईसमेत उछिनेर यथास्थितिमा रमाउन पुगे । यदि आफूलाई यस्तैमा परिणत गर्नुथियो भने कम्युनिज्मको आदर्श ढोंग अलापेर त्यत्रो कहालीलाग्दो क्षति किन गराउनु पथ्र्याे ।

विचार व्यक्त गर्न पाउने र दलहरु खोलेर चुनाव लड्न पाउने स्वतन्त्रता तथा ऐले भैरहेकाजस्ता सामान्य सुधारका गतिबिधि त शान्तिपूर्ण किसिमले सम्पन्न गर्न सकिने संयुक्त प्रजातान्त्रिक आन्दोलनबाटै पनि त संभव हुन्थ्यो नी ! यिन्ले भन्लान्, “ हामीले त्यत्रो बलिदानी संघर्ष नगरेको भए नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र कसरी बन्न सक्थ्यो र ?” हो सक्तैनथ्यो होला । तर आवश्यकता व्यवस्थाविशेशको नाम हैन, परिणामको थियो । तर जेकानिम्ति र जस्कानिम्ति भनेर त्यो कहाली लाग्दो लगानी भयो, त्यो यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नामको खोलका लागि मात्र थियो त ? केही नेता भनाउदाहरुको अकल्पनीय उच्च जीवनस्तर उकास्नका लागि मात्रै थियो त ? वैज्ञानिक समाजवादी मान्यताप्रति इमान्दार (तर सृजनशील) समीक्षकहरुबाट यतिबेला सत्ताधारी बनेको नेकपाका बारेमा तथ्यपरक मूल्याङ्क र समीक्षाको आवश्यकता रहेको छ ।



दृष्टिकोण
पंच र कांग्रेसभन्दा केमा चै भिन्न देखिन्छ र यतिबेलाको नेकपा ?

पंच र कांग्रेसभन्दा केमा चै भिन्न देखिन्छ र यतिबेलाको नेकपा ?

 – ज्योतिलाल बन कतिपय विकास निर्माणका गतिविधि र केही सामाजिक सुधारका प्रयास पंचहरुले पनि गरेकै ...

मंसिर १७, २०७६
मुल्यहीन म्युजिक अवार्ड र सस्तो लोकप्रियता

मुल्यहीन म्युजिक अवार्ड र सस्तो लोकप्रियता

संजीब वाईबा कुनै समय म्यूजिक अवार्ड भनेपछि एकदम महत्व हुन्थ्यो , अवार्ड फलानोले पायो रे भन्ने ...

जेठ १५, २०७६
क. एकलाल श्रेष्ठको नजरमा हालै दिवंगत हुनु भएका क. भोजराज सत्याल।

क. एकलाल श्रेष्ठको नजरमा हालै दिवंगत हुनु भएका क. भोजराज सत्याल।

--एकलाल श्रेष्ठसिन्धुली जिल्लाका एक कर्मठ बाम व्यक्तित्व भोजराज सत्याल अब हाम्रो बीचमा रहनु भएन । ...

चैत्र १७, २०७५
प्रतिपक्षी बिहिन मुलुक, संविधान र दिनेश थपलिया।

प्रतिपक्षी बिहिन मुलुक, संविधान र दिनेश थपलिया।

-रबिन्द्र कुमार श्रेष्ठअहिले प्रतिपक्षी दलले आफ्नो भुमिका निभाउन नसकिरहेको र सत्ता पक्ष मनोगत रुपमा चलिरहेको ...

चैत्र १२, २०७५
छ पैसा, छैन साइकल; छैन पैसा, छ साइकल

छ पैसा, छैन साइकल; छैन पैसा, छ साइकल

-    बिकास बाबु श्रेष्ठसंसारभर पूँजीवाद उत्कर्षमा छ । पूँजीवादको उन्माद र विज्ञानको बिकासले मानिसलाई झनझन ...

पुष २९, २०७५